एजेन्सी – इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । इटालीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८,२१५ पुगेको हो । त्यस्तै इटालीमा ६ हजार एक सय ५३ जना नयाँ संक्रमित फेला परेका छन् ।
वासिङटनको जोन हपकिन्स युनिभर्सिटीका अनुसार इटालीमा हालसम्म ८०,५३९ संक्रमित भएका छन् । संक्रमित मानिसको यो संख्या चीनको बराबरी हो । इटालीको सिभिल प्रोटेक्सन एजेन्सीको रिपोर्ट अनुसार बिहीबार ६६२ मानिसको मृत्यु भएको छ ।
इटाली जस्तै स्पेनमा पनि कोरोनाभाइरसको कहर व्यापक रहेको छ । यहाँ कोरोनाबाट मर्नेको संख्याले चीनलाई पनि उछिनेको छ ।
गत वर्षको डिसेम्बरमा चीनमा यो महामारी सुरु भएको थियो र हाल विश्वका सबै मुलुकमा यो फैलिसकेको छ । जोन हपकिन्स युनिभर्सिटीका अनुसार यो घातक भाइरसबाट स्पेनमा हालसम्म ४,३६५ को मृत्यु भइसकेको छ । यहाँ कोरोनाको ५७,७८६ घटना देखिएका छन् । जसमा ७,१ं०१५ मानिस उपचारपछि अस्पतालबाट घर फर्केका छन् । जबकी चीनमा मर्नेको संख्या ३, २९१ कायम भएको छ ।
यस अनुसार कोरोनाबाट मर्नेको संख्याका आधारमा इटाली पहिलो, स्पेन दोस्रो र चीन तेस्रो स्थानमा रहेका छन् । यसैगरी विश्वव्यापी रुपमा कोरोनाको संक्रमण ५ लाख नाघेको छ ।




प्रतिक्रिया