इटालीमा एकै दिन ७९३ को मृत्यु

इटालीमा एकै दिन ७९३ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – कोरोनाभाइरसको संकटसँग पुरै विश्व जुझिरहेको छ । इटालीमा एकै दिनमा ७९३ को मृत्यु भएको छ । यो खतरनाक संक्रमणबाट विश्वभरीमा हालसम्म १२,००० भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

साढे २ लाख मानिस यो बिमारीको चपेटामा आएका छन् । सुखद समाचार के छ भने चीनमा लगातार पछिल्लो तीन दिनसम्म घरेलू संक्रमणका कारण कोरोनाको एक पनि नयाँ घटना देखिएका छैनन् । कोरोनाभाइरसबाट सर्वाधिक मृत्यु इटालीमा भएको छ ।

यहाँ हालसम्म ४८२५ मानिसको ज्यान गइसकेको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सको कार्यालयमा एक कर्मचारीलाई कारोनाभाइरसको संक्रमण भएको थियो । स्थानीय मीडिया रिपोर्टका अनुसार ह्वाइट हाउसका कर्मचारीको सन्दर्भमा यो कोरोना पोजेटिभभको पहिलो घटना हो ।

इरानमा कोरोनाभाइरसबाट १२४ थप मानिसको मृत्यु भएको घोषणा गरिएको छ । यस किसिमबाट इरानमा कोरोनाका कारण मर्नेको संख्या बढेर १५५६ पुगेको छ । यसका अतिरिक्त इरानमा कुल कोरोनाको २०,६१० पोजेटिभ केस देखा परेको छ । यो आंकडा इरानको स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको हो ।