इटालीमा कोरोनाले ११ हजार ५ सय ९१ जनाको मृत्यु, लकडाउन बढायो

इटालीमा कोरोनाले ११ हजार ५ सय ९१ जनाको मृत्यु, लकडाउन बढायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – इटालीमा कोरोनाभाइरसबाट मर्नेको संख्या लगातर वृद्धि भइरहेको छ । भाइरस नियन्त्रण नभइसकेका कारण प्रधानमन्त्री गुइसेप कोतेल लकडाउनलाई १२ अप्रिलसम्मका लागि बढाएका छन् ।

इटालीमा हालसम्म कोरोनाभाइरसका कारण ११ हजार ५ सय ९१ जनाको मृत्यु भइसकेको छ । यद्यपि संक्रमणको दरमा भने विस्तारै विस्तारै कमी आउन थालेको छ । सोमबार प्रधानमन्त्रीले प्रतिबन्धलाई विस्तारै–विस्तारै खुकुलो बनाइने बताएका छन् । तीन सातासम्म चलेको बन्दले आर्थिक अवस्थालाई थिलो थिलो बनाएको उनले बताए ।

ईस्टरसम्म बढाइयो लकडाउन

प्रधानमन्त्री कोतेले एक स्पेनी अखबारसँग भने, ‘लकडाउनलाई लामो समयसम्म पु¥याइने छैन । हामी प्रतिबन्धलाई खुकुलो पार्ने प्रयासमा लागिरहेका छौ । तर यसलाई विस्तारै विस्तारै मात्र हटाइने छ ।’ पछि स्वास्थ्य मन्त्री रोबर्ट स्पर्नजाले प्रतिबन्धलाई १२ अप्रिलसम्म बढाइने बताए । इटालीमा हाल कायम भएको लकडाउनको अवधि शुक्रबार समाप्त हुँदैछ ।

विश्वभरीमा ३७ हजार भन्दा बढीको मृत्यु

कोरोनाभाइरसका कारण विश्वभरीमा हालसम्म ३७,००० भन्दा बढी मानिसको ज्यान गइसकेको छ । साढे ७ लाख मानिस यो बिमारीबाट पीडित भएका छन् । इटालीमा सोमबार यो संक्रमणबाट ८१२ मानिसको मृत्यु भएको थियो । सक्रमित मानिसको संख्या १ लाख नाघेको छ ।