इटाली बन्यो युरोपको पहिलो ‘मास्क फ्रि’ देश

इटाली बन्यो युरोपको पहिलो ‘मास्क फ्रि’ देश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजन्सी – इटाली युरोपको पहिलो मास्क फ्रि देश बनेको छ । पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएपछि इटालीले आफ्ना नागरिकलाई घर बाहिर निस्कदाँ मास्क लगाउनुनपर्ने नियम बनाएको छ ।

सन् २०२० को फेब्रुअरीमा विश्वभर कोरोना भाइरस संक्रमण फैलँदा इटाली सबैभन्दा नाजुक अवस्थामा पुगेपछि मास्क अनिवार्य गरिएको थियो । सोमबारदेखि घरबाट बाहिर निस्किँदा मास्क लगाउन नपर्ने निर्णय गरेसँगै इटाली ‘मास्क फ्री’ हुने युरोपको पहिलो देश बनेको हो ।

त्यस्तै इटाली सरकारले २० राज्यलाई कोरोनाको जोखिम एकदमै कम भएको सूचीमा राखेको छ । इटालीमा कोरोना संक्रमणका कारण हालसम्म एक लाख २७ हजार ५ सय ४२ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट त्यहाँ ४२ लाख ५९ हजार १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।