इटहरी उपमहानगरपालिकाको मेयरमा कांग्रेसका हेमकर्ण विजयी

इटहरी उपमहानगरपालिकाको मेयरमा कांग्रेसका हेमकर्ण विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी – इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा( एमाले) का यामकुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार सङ्गीताकुमारी चौधरी ३२ हजार ४३६ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार केशवकुमार विष्टले १८ हजार ३१ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।