लगानीकर्ताद्वारा भ्याट लगाउने निर्णय फिर्ता लिन सरकारलाई सातदिने अल्टिमेटम

लगानीकर्ताद्वारा भ्याट लगाउने निर्णय फिर्ता लिन सरकारलाई सातदिने अल्टिमेटम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल इनभेष्टर फोरमले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सम्बन्धी निर्णय फिर्ता लिन लगानीकर्ताले करदाता सेवा कार्यालयलाई अल्टिमेटम दिएका छन्।

 

सात दिनभित्र निर्णय फिर्ता नभए संघर्षका कार्यक्रम गर्ने उनीहरुले विज्ञप्तीमार्फत चेतावनी दिएका छन्।

 

धितोपत्र व्यवसायीहरुमाथि अन्तिम कर निर्धारण गरि मूल्य अभिवृद्धि कर दर्ता गर्न दिएको करदाता सेवा कार्यालयको निर्देशन फिर्ता लिन लगानीकर्ताको माग छ।

 

मुल्य अभिबृद्धि कर लगाउने सम्बन्धि निर्णयले १५ लाख भन्दा बढी लगानीकर्ताहरू संलग्न रहेको सम्बेदनशील पूँजी बजारलाई प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पार्ने उनीहरुको भनाई छ।