एक डोज मात्रै लगाए पुग्ने खोप प्रधानमन्त्रीलाई हस्तान्तरण

एक डोज मात्रै लगाए पुग्ने खोप प्रधानमन्त्रीलाई हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गरेका छन् । राजदूत बेरीले अमेरिकाले कोरोना भाइरसविरुद्ध लड्न सहयोग पुग्ने भन्दै अनुदानमा उपलब्ध गराएको जोण्सन एण्ड जोन्सनको खोप सोमबार बालुवाटार पुगेर प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।

कतार एयरवोजको जहाजमार्फत १५ लाख ३४ हजार डोज आज बिहान नेपाल आइपुगेको हो । अमेरिकाले दिएको सो खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।