चलचित्र ‘जार’ अमेरिकासहित विभिन्न देशमा एकैसाथ रिलिज

चलचित्र ‘जार’ अमेरिकासहित विभिन्न देशमा एकैसाथ रिलिज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल र भारतमा गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जार’ले मध्यपूर्वका देशहरूमा (मे १५) बिहीबारबाट एकैसाथ प्रदर्शन थालनी गरेको छ ।

निर्माण कम्पनी फेरि टेल पिक्चर्सले यूएई, कतार र बहराइनमा बिहीबारबाट चलचित्रको प्रदर्शनी शुभारम्भ भएको जानकारी गराएको छ ।

निर्देशक फुर्वाछिरिङ लामाले यूएईका शहरहरू दुबई, अवुधावी, अज्मान र सारजाहका स्थानीय हलहरूमा चलचित्र प्रदर्शनमा आएको बताए । कतारको दोहा, बहराइनको मनामा लगायतका शहरहरूमा ‘जार’ एकैसाथ प्रदर्शनीमा आएको छ ।

शुक्रबारदेखि चलचित्र यूएसए, यूके, अस्ट्रेलिया, क्यानडा, साउथ अफ्रिकासँगै युरोपका विभिन्न देशहरूमा चलचित्रको प्रदर्शनी तय भएको निर्देशक लामाले बताए । ‘नेपाल र भारतमा हाम्रो चलचित्र हेर्ने जति पनि दर्शक हुनुहुन्छ, उहाँहरूले र चलचित्र समीक्षकहरूबाट प्राप्त प्रतिक्रियाले उत्साहित छौं,’ लामाले भने, ‘डायस्पोरामा रहनुभएका नेपाली कला प्रेमीहरूबाट पनि सोही प्रकारको प्रेम र सद्भावको अपेक्षा छ ।’

चलचित्रले सार्वजनिक प्रदर्शनयता नेपाल र भारतमा उत्कृष्ट समीक्षा पाएको छ । वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्रले २०० वर्ष पुरानो नेपाली समाजको वास्तविक कथा बोल्छ ।

चलचित्रमा अभिनेता द्वय सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा प्रमुख अभिनयमा छन् ।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।

चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।

चलचित्र ‘जार’ नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेको छ ।