बयान दिन महाभियोग सिफारिस समितिको बैठकमा पुगे प्रधानन्यायाधीश जबरा

बयान दिन महाभियोग सिफारिस समितिको बैठकमा पुगे प्रधानन्यायाधीश जबरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- महाभियोग लागेसँगै निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग सिफारिस समितिको बैठकमा पुगेका छन् ।

महाभियोग सिफारिस समितिले सोधपुछका लागि बोलाएपछि जबरा तोकिएकै समयमा सिंहदरबारस्थित समितिको कार्यालयमा पुगेका हुन्।

उनलाई महाअभियोगमा रहेका २१ आरोपमा आधारित भएर प्रश्न सोधिने छ । उनीविरुद्ध गएको फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो।

समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाणहरू प्राप्त भएका छन् । महाअभियोग सिफारिस समितिका अनुसार जबराविरुद्ध प्रमाणको ठूलो सूची तयार भएको छ ।

विभिन्न व्यक्ति र संस्थाले दिएका र समिति आफैंले संकलन गरेका प्रमाणहरुमा मुख्य गरी जबराको आचरणमाथि प्रश्न उठाइएका छन् ।