जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ :

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ :

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा –जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका- १२ बस्ने ४० वर्षीय युवराज बराईलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

निज बराईलीले ती बालिकालाई बिभिन्न प्रलोभन एवं धाक-धम्की समेत दिई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।