अमेरिकालाई ज्याक माको ५ लाख कोरोना परीक्षण उपकरण र १० लाख मास्क सहयाेग

अमेरिकालाई ज्याक माको ५ लाख कोरोना परीक्षण उपकरण र १० लाख मास्क सहयाेग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- एसियाकै धनी तथा अलिबाबा गुप्रका संस्थापक ज्याक माले अमेरिकालाई कोरोना परीक्षणका लागि ५ लाख उपकरण र १० लाख मास्क सहयोग गर्ने घोषणा गरेका छन् ।

चीनबाट सुरुवात भएको भनिए पनि कोरोना भाइरसको प्रकोप हाल विश्वव्यापी बनिसकेको छ । यसले अमेरिकामा पनि केहीको मृत्यु हुनुका साथै कयौ संक्रमित भएका छन् ।

यो भन्दा अगाडि उनले जापान, कोरिया, इरान, इटली र स्पेनलाई पनि सहयोग प्रदान गरिसकेका छन् । अमेरिकामा ल्याब उपकरणको अभावमा परीक्षणमा ढिलाई भइरहेको सन्दर्भमा ज्याक माले सहयोगको घोषणा गरेका हुन् ।

अमेरिकामा अहिलेसम्म २५ सय जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । संक्रमितमध्ये ५५ जनाको मृत्यु भएको छ । आजै अमेरिकामा थप २५२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।