सरकारले नसुन्ने भए शून्य समयको कार्यक्रम बन्द गरौंः रास्वपा सांसद् खरेल

सरकारले नसुन्ने भए शून्य समयको कार्यक्रम बन्द गरौंः रास्वपा सांसद् खरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू– रास्वपा सांसद जगदिश खरेल (दोलखा) ले सरकारले सुनुवाई नगर्ने भए प्रतिनिधिसभामा शून्य समयको कार्यक्रम नराख्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा मंगलबार शूल्य समय बोल्दै उनले सांसदले उठाएका जनसरोकारका विषय सम्बोधन नभएकामा आपत्ति जनाए ।
‘सुनुवाई नगर्ने भए शून्य समय बन्द गरौं’, उनले भने ।

खरेलले अघिल्लो संसदमा शून्य समयमा उठाइएका विषय सुनुवाई नभएको विरोधमा रास्वपा सांसद हरि ढकाल उभिएर मौन बसेको स्मरण गरे ।