जाजरकोट भुकम्प अपडेट: ५० को मृत्यु भएको पुष्टि, १०० बढी घाइते

जाजरकोट भुकम्प अपडेट: ५० को मृत्यु भएको पुष्टि, १०० बढी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तिमा ५० पुगेको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा रुकुम र जाजरकाेटमा मात्र ५० जनाको मृत्यु छ भने १०० बढी घाइते भएका छन् ।

उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ ।