कांगेस नेता जोशीले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

कांगेस नेता जोशीले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता जगत प्रसाद जोशीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार नयाँ बानेश्वर स्थित ग्रेजी स्पोन रेष्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै नेता जोशीले आगामी १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्थाको रक्षाका लागि कांग्रेस विशाल पार्टी हुन आवश्यक रहेको बताएका छन् । नेता जोशीले आफू लामो समयदेखि कांग्रेस पार्टी र देश विकासको लागि खटिएको दावी गरे ।

केन्द्रीय सदस्यमा तपाईँको उम्मेदवारी किन ? भन्ने संञ्चारकर्मीकाे प्रश्नमा उनले भने, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी किन दिएको भने, कांग्रेस पार्टीलाई अझै बलियो बनाउनको लागि हो । पार्टीसँगै देशको विकासमा पनि ठुलो भूमिका निभाउनको लागि हो । बीपी विचारलाई आत्मसाथ गरिराख्न । निष्ठा, निरन्तरता, इमानदारीता, मूल्य मान्यता जोगाइ राख्न र विकासका लागि राजनीतिको लक्ष्य असफल हुँदैन भन्ने मान्यतालाई स्थापित गर्नको लागि मैले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हुँ ।’

त्यसैगरी नेता जोशीले कम्युनिष्टहरुको दुई तिहाईको सरकार देखिसकेकाले अवको चुनावमा कांग्रेस पार्टी विजयी हुने दावी समेत गरे । उनले भने, ‘जनताहरुले कम्युनिष्टहरुको दुई तिहाई सरकारको हालत देखिसकेका छन् । अबको चुनावमा कांग्रेस पार्टी नै अगाडी आउँछ भन्नेमा कुनै दुई मत छैन् । सारा जनताहरुको नजर अहिले कांग्रेस पार्टीमा छ ।’

बझाङको खप्तडछान्ना गाउँपालिका–५ घर भएका जोशी लामो समयदेखि नेपाली कांग्रेसको विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।