प्रशिक्षक टमाटासहित राखेपमा ५ सदस्य नियुक्त

प्रशिक्षक टमाटासहित राखेपमा ५ सदस्य नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– क्रिकेट प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्त भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले टमाटासहित शान्तकुमार महता, कुमार लामा घिसिङ, राजेश खड्का र प्रयास कार्कीलाई राखेप सदस्यमा नियुक्त गरेको हो ।

गत महिना राखेपका सदस्यसचिव टंकलाल घिसिङसहित ६ जनाको पदावधि सकिएपछि रिक्त पदमा ५ नयाँ सदस्य नियुक्त गरिएको हो । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शुक्रबार टमाटासहित सबै सदस्यलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा शपथ गराएका थिए ।

टमाटा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक रहिसकेका छन् । उनको प्रशिक्षणमा नेपालले सन् २०१८ मा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यसबाहेक उनी नेपाली महिला राष्ट्रिय टोली र नेपाली यू–१९ टोलीको प्रशिक्षक रहिसकेका छन् । उनको प्रशिक्षणमा सुदूरपश्चिम रोयल्स लगातार नेपाल प्रिमियर लिग ९एनपीएल० को फाइनलमा पुगेको थियो ।

नेपालले सन् १९९६ मा मलेसियामा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्दा टमाटा खेलाडीको रूपमा रहेका थिए । उनी नेपालबाट दुई खेलबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्रने दुर्लभ खेलाडी हुन् । नेपालले १९९५ मा तत्कालीन मद्रासमा सातौं दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्दा टमाटाले हक्की टोलीको प्रतिनिधित्व गरेका थिए