काठमाण्डु – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने मनस्थितिमा पुगेका छन् ।
आसन्न चुनावका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता गरिने भएकाले उनी राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् ।
खरेल ललितपुरको २ नम्बर क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने स्रोतले जनाएको छ ।




प्रतिक्रिया