काठमाण्डु– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको बताएका छन् ।
लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा सञ्चारिका समुहले बुधबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले यस्तो बताएका हुन् ।
उनले मन्त्री खरेलले सतर्कता केन्द्र, अनुसन्धान व्युरो, अख्तियारलगायतका निकायहरुमाथि कुनै हस्तक्षेप नगरेको दाबी गर्दै त्यसैको परिणाम पछिल्लो दुई महिनामा २५ भन्दा बढि ठूला भ्रष्टाचार प्रकरणमा मुद्दा दर्ता समेत भइसकेको उनले बताए ।
उनले सरकारलाई निर्वाचनको जिम्मेवारी समेत तोकिएकाले समयमा नै निर्वाचन गर्नका लागि सरकारकातर्फबाट सवै तयारी गरिसकेको जानकारी दिए ।




प्रतिक्रिया