बाढी पहिरोले सरुवा रोग फैलिन सक्छ सचेत रहनूः प्रवक्ता गौतम

बाढी पहिरोले सरुवा रोग फैलिन सक्छ सचेत रहनूः प्रवक्ता गौतम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य मन्त्रालयले सरुवा रोगबाट जोगिन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाढी पहिरोका कारण सरुवा रोग फैलिन सक्ने भन्दै सचेत रहन आग्रह गरेका हुन् ।

सोमबार मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता गौतमले पानीमा प्रदुषण बढ्ने सम्भावना भएकोले झाडापखाला, आउँ, हेपाटाइटिस, टाइफाइड, आँखा पाक्ने, रुघाखोकी जस्ता सरुवा रोग लाग्‍ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।

‘बाढी पहिरो, सडक दुर्घटना आदिका कारण चोटपटक लाग्न सक्छ। कोरोनाको जोखिम त छँदैछ । यसमा पनि सजग हुन जरुरी छ, उनले भने ।