काठमाण्डु उपत्यकामा ४ आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने

काठमाण्डु उपत्यकामा ४ आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले जग्गाको कित्ताकाटमा कडाइ गरेको छ । भू–उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले काठमाण्डु उपत्यकामा अब ४ आना भन्दा कम हुने गरी जग्गा कित्ताकाट गर्न नपाइने प्रावधान कार्यान्वयनमा ल्याएको हो ।

काठमाण्डु उपत्यकाभित्र आवासीय प्रयोजनका लागि १३० वर्ग मिटरभन्दा कम हुने गरी जग्गाको कित्ताकाट गर्न नपाइने प्रावधान राखिएको छ । त्यसै गरी ५०० वर्ग मिटरभन्दा सानो कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुने गरी पनि कित्ताकाट गर्न पाइने छैन ।