काठमाण्डु– काठमाण्डुको माइतीघर बानेश्वर क्षेत्रमा जेनजीको प्रदर्शन चलिरहेको छ। यस्तैमा प्रदर्शनकारी र प्रहरीबिच संसद भवन अगाडि झडप भएको छ । भिडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरेको छ ।
प्रदर्शनकारीहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछी झडप भएको हो । प्रदर्शनकारी र प्रहरीबीच तीव्र झडप हुँदा प्रहरीले पानीको फोहोराले भिड नियन्त्रण गर्न नसकेपछि अश्रुग्यास हानेको छ।
संसद भवन अगाडि बाक्लो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् ।
प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडक प्रभावित भएको छ । माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् । सडकमा जेनजी पुस्ताका युवाहरुले भरिएपछि सवारी आवागमन पूर्ण रुपमा बन्द भएको हो ।
जेनजीको आन्दोलनलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।




प्रतिक्रिया