काठमाण्डु अवतरण गर्न लागेको टर्किस जहाजको चक्कामा आगो लाग्यो

काठमाण्डु अवतरण गर्न लागेको टर्किस जहाजको चक्कामा आगो लाग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको टर्किस एयरलाइन्सको जहाजको चक्कामा आगो लागेको छ ।

सोमबार बिहान स्तानबुलबाट आएको उक्त जहाज ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा आगो लागेको हो ।

घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो भने सबै यात्रु सुरक्षित रहेको विमानस्थल स्रोतले जानकारी दियो ।

विमानमा चार बच्चासहित २७७ यात्रु र ११ जना चालक दलका सदस्य रहेको बताइएको छ । यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।

खबर पाउनासाथ नेपाली सेना यात्रुको उद्धारका लागि पुगेको थियो । ७० जना जवान खटिएर यात्रुको उद्धार गरिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले काठमाण्डुपाटीलाई बताए ।

ल्याण्ड पार्किङ वेमा राइटसाइडका चक्कामा आगो लागेको देखेपछि पाइलटले इमर्जेन्सी ढोका खोलेका थिए । इमर्जेन्सी ढोकाबाट झण्डै २८० जना यात्रुलाई सकुसलरूपमा उद्धार गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए ।

जहाज धावनमार्गमै रहेकाे छ । रनवे बन्द हुँदा अहिले कुनै पनि अन्तर्राष्ट्रिय उडान भएको छैन।