जहाजभित्रै चोरी गर्ने दुई चिनियाँ नागरिक पक्राउ

जहाजभित्रै चोरी गर्ने दुई चिनियाँ नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जहाजभित्रै चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

टर्किस एयरलाइन्सबाट काठमाडौं आएकी डेनमार्ककी नागरिकको नगद तथा सुन चोरी गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा क्युएई र हु झिङहोङ रहेका छन् । दुवै जना टर्किस एयरबाटै स्तानबुल जान लागेका थिए । प्रहरीका अनुसार डेनमार्क नागरिकले आफ्नो सुन तथा नगद हराएको भनी प्रहरीमा खबर गरेकी थिइन् । विमानबाटै सुन र नगद चोरी भएको उजुरीपछि अनुसन्धानमा जुटेको प्रहरीले सुनको बाला दुई थान र विभिन्न देशका मुद्रासहित दुवै चिनियाँलाई पक्राउ गरेको हो ।

पक्राउ परेकालाई महानगरीय प्रहरी बृत्त गौशालामा राखेर अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ ।