फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल उड्डयन प्राधिकरणले भ्रामक सूचना फैलाएको आरोपमा फ्लाइ दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास तत्कालका लागि रोक्का गरेको छ ।

सोमबार राति काठमाण्डुबाट दुबईका लागि १६८ यात्रु लिएर उडेको फ्लाईदुबईको विमानको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भ्रामक सूचना फैलाएको आरोपमा उनीहरुको पास तत्कालका लागि रोक्का गरिएको प्राधिकरणले जनाएको छ ।

पास रोक्का गरिएसँगै उनीहरुलाई अब विमानस्थल प्रवेश गर्न पाउने छैनन् । नयाँ निर्णय नभएसम्मका लागि उनीहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको हो ।

सोमबार राति नै फ्लाई दुबईले पनि ‘चरासँग जहाज ठोकिएको’ जनाएको थियो  । दुबई सरकारको मिडिया कार्यालयले जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्नेबित्तिकै चरा ठोक्किएको दाबी गरेको छ । तर, प्राधिकरणले चरा ठोक्किएको दाबीलाई अस्वीकार गरेको हो ।