सांसद अपहरण प्रकरणः टेकुमा जोहरी लिन अस्वीकार, महोत्तरी जान सुझाव

सांसद अपहरण प्रकरणः टेकुमा जोहरी लिन अस्वीकार, महोत्तरी जान सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सांसद अपहरण गर्नेविरुद्ध कारबाहीको माग गर्दै जाहेरी दिन पुगेका जनता समाजवादी पार्टीका नेताहरुको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ ।

सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा नेकपा सांसद महेश बस्नेत, सांसद किसान श्रेष्ठ र पूर्वआईजी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दिन डा. बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव लगायतका नेता महानगरीय प्रहरी परिसर टेकु पुगेका छन् ।

एसपी र डिएसपीले महोत्तरी जान आग्रह गरेको विश्वदिप पाण्डेले जानकारी दिएका छन् । त्यस्तै डा. भट्टराईले सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौंमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिएको भन्दै आपत्ति जनाएका छन् । ‘ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’, उनले भने ।

परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवाली कार्यालयमा नभएका कारण जोहरी दर्ता हुन सकेको छैन् ।

पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएको थियो । तर बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए ।

उनलाई बुधबार जनकपुरबाट अपहरण गरेको बताइएको छ । सांसद यावले आफूलाई जन मार्ने धम्की आएको बताउँदै आएका छन् । उनले आफूलाई पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेको आरोप लगाउँदै आइरहेका छन् ।