जबरजस्ती करणी मुद्दामा साढे १८ वर्ष कैद

जबरजस्ती करणी मुद्दामा साढे १८ वर्ष कैद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ – जिल्ला अदालतले जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विक विरुद्ध उक्त फैसला सुनाएको हो।

यही असार १३ गते मुद्दा फैसला भएकोमा आज सजाय निर्धारण भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। अदालतले कुँवरलाई छ लाख जरिवाना र १५ हजार क्षतिपूर्ति बुझाउने समेत फैसला गरेको छ।

निज अभियुक्तविरुद्ध २०७८ असार ८ गते वादीद्वारा तनहुँ जिल्ला अदालतमा जबरर्जस्ती करणी मुद्दा दर्ता भएको थियो। १४ वर्षीया बालिकालाई २०७७ मङ्सिर १५ गते जबरजस्ती करणी र २०७८ जेठ १३ गते गर्भपतन गराएको अभियोगमा प्रहरीले विकलाई पक्राउ गरेको थियो।

अभियुक्तले बालिकालाई २०७७ मंसिर १५ र त्यसपछि पटक–पटक बलात्कार गरेको उजुरी परेको थियो।