किशोरी बेपत्ता प्रकरणमा प्रहरी हवल्दार जोशी पुर्पक्षका लागि कारागार चलान

किशोरी बेपत्ता प्रकरणमा प्रहरी हवल्दार जोशी पुर्पक्षका लागि कारागार चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ की किशोरी बेपत्ता बनाएको आरोप लागेका प्रहरी हवल्दार कृष्णराज जोशी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत बैतडीले मंगलबार थुनछेक बहसको सुनुवाइ गर्दै हवल्दार जोशीलाई पुर्पक्षका लागि कारागार पठाएको छ ।

गत असोज १५ गते पञ्चेश्वर गाउँपालिका–२ डिम्मरकी १७ वर्षीया किशोरीलाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका जोशीलाई अदालतको आदेशअनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए ।

पञ्चेश्वर–२ कै महाकाली प्रहरी चौकीमा कार्यरत हवल्दार जोशीले प्रहरी चौकीसँगै जोडिएको डिम्मरकी १७ वर्षीया किशोरीलाई बेपत्ता बनाएको आरोप लागेको थियो । असोज २५ गते बिहान पानी भर्न गएकी किशोरी बेपत्ता भएपछि दिउँसो स्थानीयले नै हवल्दार जोशीलाई महाकाली नदीको पारीपट्टी भारतीय क्षेत्रबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

हवल्दार जोशी पुर्पक्षका लागि कारागार चलान भए पनि किशोरीको अवस्था अझै पत्ता लागेको छैन ।