दाइजोमा सुनको सिक्री नपाएपछि विवाह भाँडेका बेहुलासहित ५ जनालाई ६ महिना कैद

दाइजोमा सुनको सिक्री नपाएपछि विवाह भाँडेका बेहुलासहित ५ जनालाई ६ महिना कैद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज – दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै भाँडेर मण्डपबाट हिँडेका बेहुला, उनका बुबासहितका ५ जनालाई पर्सा जिल्ला अदालतले ६/६ महिना कैदको सजाय गरेको छ ।

पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको एकल इजलासले मंगलबार बेहुलासहित ५ जनालाई विवाह सम्बन्धी कसूरमा ६/६ महिना कैद र जनही ५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।

बेहुला पक्षले दाइजोमा लिएको नगद ५ लाख ६५ हजार रुपैयाँ बेहुली पक्षलाई फिर्ता दिनुपर्ने फैसला पनि अदालतले गरेको छ । २०८० फागुन २८ गते वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा बेहुलीको घरमा वैवाहिक समारोह चलिरहकै बेला बेहुलाले सुनको सिक्री मागेको विषयमा बेहुली पक्षसँग विवाद हुँदा कुटपिट समेत भई बिहे नै भाँडिएपछि मुद्दा अदालत पुगेको थियो । बेहुला, उनका बुबा, २ दाजु र भिनाजु गरी ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

२०८० फागुन २९ गते बेहुली पक्षले दिएको जाहेरीका आधारमा पक्राउ परेका बेहुला बाराको कलैया–४ का २८ वर्षीय उमेश साह, उनका बुबा ६० वर्षीय बच्चालाल साह गोढ, दाजुहरू ४२ वर्षीय राकेश कुमार साह, ४० वर्षीय मुकेश कुमार साह र भिनाजु बाराकै परवानीपुर ५ का ४५ वर्षीय रामएकबाल साहविरुद्ध विवाह सम्बन्धी कसूरमा प्रहरीले मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।