प्रेमीसँग मिलेर आमाको हत्या गर्ने छोरीसहित चार जनालाई जन्मकैद

प्रेमीसँग मिलेर आमाको हत्या गर्ने छोरीसहित चार जनालाई जन्मकैद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरमा प्रेमीसँग मिलेर आमाको हत्या गर्ने छोरीसहित चार जनालाई जन्मकैदको सजाय भएको छ ।

बिहीबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश प्रकाश उप्रेतीको इजलासले जन्मकदैको फैसला सुनाएको हो । गत असार १५ मा चाँगुनारायण नगरपालिका–७ बागेश्वरीस्थित छोरी ज्वाइँको घरमा बस्दै आएकी ६० वर्षीया सावित्रा भट्टराईको हत्यामा संलग्न सावित्राकी छोरी ईश्वरी भट्टराईसहित चारजनालाई जन्म कैदको पैmसला गरेको हो ।

जन्मकैदको सजाय पाउनेमा ईश्वरीसँगै सिराहाका मोहम्मद नौशाद, भारतीय नागरिक अर्जुनकुमार भनिने भोलाकुमार र मोहमद रइस रहेको अदालतका श्रेस्तेदार घनेन्द्र अधिकारीले जानकारी दिए । ईश्वरी र सिराहाका नौशादसँग विवाहेत्तर सम्बन्धमा थिए ।

ईश्वरीले श्रीमान नभएको मौका पारेर नौशादलाई घरमै ल्याउने र घण्टौं बन्द कोठामा समय बिताउने गरेका थिए । छोरीको सो सम्बन्धमा मन नपराएकी सावित्राले घर नबिगार्न र नौशादको साथ छोड्न दबाब दिँदै आएकी थिइन् ।

ईश्वरीले आफ्नो प्रेम सम्बन्धको बाधक बनेको भन्दै आमा सावित्रालाई बाटोबाट हटाउन प्रेमी नौशादलाई दबाब दिन थालिन् । प्रमिकाको दबाब थेग्न नसकेपछि नौशादले भारतीय कन्ट्याक्ट किलर बोलाएर सावित्राको घाँटी रेटी हत्या गरेका थिए ।

प्रहरी अनुसन्धानको क्रममा सावित्राको हत्या गर्न ईश्वरी र नौशादले भारतीय कन्ट्याक्ट किलर भोलाकुमारलाई १२ लाखको सुपारी दिएको खुल्न आएको थियो ।