काठमाडौं – काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जैस-ए-मुहम्मद उग्रवादीहरुद्धरा एयर इन्डिया उडान आईसी – ८१४ को अपहरण हुनुअघि ‘रअ’ का एक जना कनिष्ट जासुस द्धितीय सचिव यु.भी. सिंहले आफ्ना परामर्शदाता भारतीय दूतावास काठमाडौंका ‘रअ’ का वरिष्ठ अधिकारी एसवीएस तोमरलदाई आफ्नो सम्पर्कसूत्रअनुसार पाकिस्तानी उग्रवादीहरुले विमान अपहरण गर्ने आशङका रहेको जानकारी दिएका थिए ।
‘रअ’का यी जासुसलाई तोमरले यस रिपोर्टको सत्यता प्रमाणित गर्न भने । रअका ती अधिकारीले आफ्नो सम्पर्कस्रोत विमानस्थलको जिम्मेवार रहेको खुलासा गरेपछि तोमरले रअको मुख्यालयमा कहिल्यै पठाएनन् र पुनः जांच पनि नगरी त्यत्तिकै दबाएर राखे ।
केहि दिनपछि एयर इन्डियाको उडान आइसी-८१४लाई जैस-ए-मुहम्मदका उग्रवादीहरुले अपहरण गरे । यो घृणित नाटक सम्पूर्ण देशले मौन र दयनीय भएर हेर्यो । यो विमान र त्यसका यात्रुहरुलाई फिर्ता ल्याउन मौलाना मसुद अजहरसहित तीन जना खतरनाक उग्रवादीहरुलाई मुक्त गर्नु पर्यो । यात्रुहरुलाई अफगानस्तानको कान्धारमा धेरै दिनसम्म बन्दी बनाएको थियो ।
एस.बी.एस.तोमरको भाग्य,उनी त्यहि विमानमा थिए । र उनलाई पनि अन्य यात्रुहरुझै कान्धारमा बन्दी बनाइएको थियो । यदि अपहरणकर्ताहरुले उनको परिचय प्राप्त गरेका भए । उनलाई निर्दोश यात्री रुपेन कत्यालको ठाउंमा मारिने ठूलो् सम्भावना थियो । उनीहरुले स्पेन कत्याललाई अन्य यात्रीलार्य डर देखाउन मारेका थिए । यी पथभ्रष्ट अधिकारीलाई त्यस्तो गम्भीर त्रुटी गर्दा पनि रअका उच्च अधिकारीहरुले झपारेनन् ।
उनी प्रधानमन्त्री कार्यालयका एक जना वरष्ठ अधिकारीका नजिकका नाता पर्ने भएकाले उनलाई त्यस्तो विपत्ति निम्ताउने लापरर्बाही गरेकोमा दण्डित गर्नुको साटो अमेरिकाको लाभदायक वैदेशिक नियुक्तिमा पठाइयो ।
‘रअ’का वरिष्ठ अधिकारीहरुले गोपनीयता र यस खसंगठनको संवेदनशील कार्यको आवरणमा सबै किसिमका उन्मुक्तिको उपभोग गर्छन् र प्रमुखसमेत प्रधानमन्त्रीको कार्यालय वा राजनीतिज्ञसंग सम्बन्ध हुने त्यस्ता तत्वहरुसंग डराउंछन् ।
(पूर्व ‘रअ’ अधिकारी आर.के.यादवद्धारा लिखित मिसन ‘रअ’ र अनुवादक कुदुम अधिकारीबाट साभार गरिएको)




प्रतिक्रिया