शक्ति बस्नेतलाई टक्कर दिँदै एमालेका युवा नेता आचार्य

शक्ति बस्नेतलाई टक्कर दिँदै एमालेका युवा नेता आचार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एक निर्वाचन क्षेत्र रहेको जाजरकोटमा नेकपा एमाले र सत्ता गठबन्धनबीच मूखय प्रतिस्पर्धा हुँदैछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका पूर्वमन्त्री शक्तिबहादुर बस्नेत उम्मेदवार बनेका छन् ।

यता नेकपा एमालेले युवा नेता निरज प्रसाद आचार्यलाई मैदानमा उतारेको छ । आचार्य पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन् । माओवादी नेता बस्नेत अघिल्लो निर्वाचन ०७४ मा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

अन्य प्रतिस्पर्धीहरुमा राप्रपा नेपालले दिपक खनाल, नेपाली कांग्रेस (बीपी) ले झलकनाथ वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टीले राजबहादुर शाही र स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की चुनावी मैदानमा छन् ।