भूकम्पपीडितलाई राष्ट्रपतिको आश्वासन: खाद्यान्नलगायत घर बनाउन सरकारसँग कुरा गर्छु

भूकम्पपीडितलाई राष्ट्रपतिको आश्वासन: खाद्यान्नलगायत घर बनाउन सरकारसँग कुरा गर्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेल भूकम्पबाट घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिएका छन् । मंगलवार भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगरे राष्ट्रपति पौडेलले घाइतेहरुको अवस्थाबारे जानकारी लिएका हुन् ।

उनले घाइतेहरुलाई चिन्ता नलिन आग्रह गरेका छन् । घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरे ।

सोही क्रममा पौडेलले भूकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने आश्वासन दिएका हुन् ।

त्यस्तै सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी गराएका थिए । त्यस्तै घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराएका थिए ।

राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेका छन् ।