हावाहुरीले जाजरकोटको कुशे पाटनमा ७ जना बेपत्ता

हावाहुरीले जाजरकोटको कुशे पाटनमा ७ जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट – हावाहुरीमा परेर जाजरकोटको कुशे पाटनमा ७ जना बेपत्ता भएका छन् ।

भेँडा, बाख्रा, गाईं, भैंसी लगायत पाटन छाड्न पुगेका कुशे गाउँपालिका ८ र ९ का ७ जना स्थानीय पाटनको जलजलाबाट बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेहरुमा कुशे , औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २ वर्षीय च्रन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीमबहादुर खड्का, १० वर्षीय धनसरा खड्का र कुशे ९ का ४० वर्षीय कृष्ण रोकाय छन् ।

गाईं, भैंसी, भेँडालगायतका पशुचौपाया लिएर ११ जना गत जेठ ३१ गते पाटन पुगेका थिए । जसमध्ये ४ जना घर फर्किएका छन् भने अन्य ७ जना बेपत्ता भएका हुन् ।

बेपत्ता भएकाको खोजी गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीसहित ७ जनाको प्रहरी टोली पाटनतर्फ लागेको प्रहरीले जनाएको छ ।