जाजरकोटमा बस दुर्घटना, ५ को मृत्यु २७ जना घाइते

जाजरकोटमा बस दुर्घटना, ५ को मृत्यु २७ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट – जाजरकोटमा बस दुर्घटना हुंदा पांच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २७ जना घाइते भएको जाजरकोटका डीएसपी मधु कुमार थापाले बताए । नेपालगन्जदेखि जाजरकोटको रिडीबजार जांदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराह चौक नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। दुर्घटनामा परी ३ जना गम्भिर घाइते भएका छन् । बस दुर्घटनाको कारण भने खुल्न सकेको छैन । बस सडकबाट झण्डै डेढ सय मिटर तल खसेको प्रहरी जनाएको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।