जाजरकाेटमा दुवै गठबन्धनका बागीद्वारा उम्मेदवारी फिर्ता, शक्ति बस्नेतलाई राहत

जाजरकाेटमा दुवै गठबन्धनका बागीद्वारा उम्मेदवारी फिर्ता, शक्ति बस्नेतलाई राहत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका वाम र लोकतान्त्रिक गठबन्धनका ६ जना वागीले उम्मेदवारी फिर्ता लिएका छन्।

 

 

 

प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार माओवादी नेता, पूर्वगृहमन्त्री शक्ति बस्नेतविरुद्ध बागी उठेका एमालेका गोविन्दविक्रम शाहले उम्मेदवारी फिर्ता लिएका छन्। शाहले उम्मेदवारी फिर्ता लिएपछि बस्नेतलाई राहत भएको छ। केन्द्रको निर्देशनअनुसार आफूले उम्मेदवारी फिर्ता लिएको शाहले बताए।

 

 

 

 

यसैगरी, लोकतान्त्रिक गठबन्धनको घटक राप्रपा (प्रजातान्त्रिक) बा प्रतिनिधिसभामा उठेका वीरबहादुर मल्लले पनि उम्मेदवारी फिर्ता लिएका छन्। यसले कांग्रेसका राजिवविक्रम शाहलाई राहत मिलेको छ।

 

 

 

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) बाट उठेका माओवादीका नरबहादुर कार्कीले पनि उम्मेदवारी फिर्ता लिएका छन्। प्रदेश (क) बाट एमालेका निरज आचार्यले उम्मेदवारी फिर्ता लिइसकेका छन्।

 

 

 

वाम गठबन्धनबाट अब प्रतिनिधिसभामामा बस्नेतसँगै प्रदेश (क) मा माओवादीकै गणेशप्रसाद सिंह र प्रदेश (ख) मा एमालेका करवीर शाही आधिकारिक उम्मेदवार बनेका छन्।

 

 

 

राप्रपाका मल्लसँगै प्रदेश (क) का कृष्णविक्रम शाह र (ख) का लालबहादुर राउतले पनि उम्मेदवारी फिर्ता लिएका छन्। उनीहरुले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सघाउने छन्।