जाजरकोटमा मन्त्री थापालाई अनेरास्ववियुले देखायो कालो झण्डा

जाजरकोटमा मन्त्री थापालाई अनेरास्ववियुले देखायो कालो झण्डा


जाजरकोट – नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले सरकारको विरोध गर्दै खानेपानी मन्त्री मणि थापालाई कालो झण्डा देखाएको छ ।

बुधवार जाजरकोटको भेरी नगरपालिका पुगेका मन्त्री थापालाई बोहरा भन्ने ठाउँमा विरोधस्वरुप अनेरास्ववियुले कालो झण्डा देखाएको अखिल नेता सुरेन्द्र बस्नेतले जानकरी दिए ।

नेता बस्नेतका अनुसार अनेरस्ववियुले मंगलवारदेखि सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै मन्त्रीहरुलाई कालो झण्डा देखाउन थालेको हो । प्रतिनिधि सभा विघटनपछि प्रचण्ड–नेपाल पक्ष सडक आन्दोलमा उत्रिएको छ ।