सुर्खेत – जाजरकोटमा बस दुर्घटनामा परि मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । बाँकेको नेपालगञ्जदेखि जाजरकोटको हुँदै रुकुम राडिबजार गइरहेको ना६ख २७५७ नम्बरको बस जाजरकोटको भेरी नगरपालिका—१३ कुदुमा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परि २७ जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-४ की २४ वर्षीया सन्ध्या मल्ल शाही र उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका-३ करुवाका २५ वर्षीय शेरबहादुर परियार, कुशे गाउँपालिका-९ की १८ वर्षीया अनिला नेपाली र सप्तरीका ४० वर्षीया गंगाराम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएकाहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया