जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नेपाल र अष्ट्रियाबीच सहकार्य आवश्यक : वनमन्त्री बस्नेत

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नेपाल र अष्ट्रियाबीच सहकार्य आवश्यक : वनमन्त्री बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अष्ट्रिया – अष्ट्रिया भ्रमणमा रहेका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग टिरोल प्रान्तका उपगभर्नर ईन्ग्रीड फेलिपेले शिष्टाचार भेट वार्ता गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनसँग भ्रमणमा रहेका मन्त्री बस्नेतसँग उपगभर्नर फेलिपेले विहिबार शिष्टाचार भेट वार्ता गरेका हुन् ।

भेटमा वनमन्त्री बस्नेतले नेपाल र अष्ट्रियाको सम्बन्ध, आपसी सहयोग र सहकार्यको बारेमा चर्चा गर्नुहुँदै दुई देशबीचको सम्बन्ध सुदृढ् हुँदै आएको बताए । उनले नेपालले राजनीतिक स्थिरता हासिल गरेर विकास र समृद्धितर्फ अगाडि बढिरहेको बताए ।

‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन नाराका लागि नेपाललाई छोटो समयमा विकसित र समृद्ध बनाउने अभियानमा लागेका छौँ,’ भेटमा उनले भने, ‘हाम्रो यो अभियानमा अन्य मुलुक जस्तै अष्ट्रियाले पनि सहयोग र सहकार्य गर्ने अपेक्षा लिएका छौँ ।’ भेटमा वनमन्त्री बस्नेतले विश्वव्यापी रुपमा परेको जलवायु परिवर्तनको असर नेपालले बढी भोगिरहेको बताए । ‘हरित ग्याँस उत्सर्जनमा हाम्रो भूमिका निकै कम छ । तर, विश्वव्यापी रुपमा उत्पादन भईरहेको हरित ग्याँसको बढी प्रभाव हामीले भागिरहेका छौँ,’ उनले भने, ‘यो विश्व समुदायले बुझेकै छ ।’

मन्त्री बस्नेतले जलवायू परिवर्तनको असर न्यूनीकरण गर्न र अनुकुलन बनाउन पेरिस संझौता कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय समुदायसँग संवाद र छलफलमा अष्ट्रियाको सकारात्मक भूमिका सकारात्मक होस् भन्ने नेपालको चाहना भएको बताए । उनले जलवायु परिवर्तनको प्रभावलाई कम गर्न अष्ट्रियाले प्राप्त गरेको ज्ञान र विकास गरेको प्रविधिलाई आदन प्रदान गर्नुपर्ने बताए ।

‘पेरिस संझौता कार्यान्वयनमा अन्तर्राष्ट्रिय समुदायसँगको संवाद र छलफलमा अष्ट्रियाको सकारात्मक भूमिका होस्’, मन्त्री बस्नेतले भने, ‘जलवायु परिवर्तनका प्रभावलाई न्यनूनीकरण गर्न अष्ट्रियाले विकास गरेको ज्ञान र प्रविधि आदन प्रदान गर्न चाहन्छौँ ।’ उनले अष्ट्रिया र नेपाल दुवै भूपरिवेष्ठित पहाडी मुलुक समेत भएकाले अष्ट्रियाले पूर्वाधार लगायत आर्थिक सामाजिक क्षेत्रमा गरेको विकास नेपालका लागि प्रेरक बन्ने बताए ।

मन्त्री बस्नेतसँगको भेटमा टिरोल प्रान्तका उपगभर्नर ईन्ग्रीड फेलिपेलेले नेपाल अष्ट्रियाको असल मित्र राष्ट्र भएको बताए । उनले जलवायु परिवर्तनको प्रभाव न्यून गर्न अष्ट्रिया र नेपालले सहकार्य गर्नुपर्ने बताउनुभयो । जलवायु परिवर्तनको असर कम गर्न विकसित मुलुकहरु बढी जिम्मेवार हुनुपर्ने उनको भनाई थियो ।‘अष्ट्रिया र नेपाल दुवैले विश्वव्यापी परेको जलवायु परिवर्तनको असर भोगिरहेका छौँ । हाम्रा समस्या उस्ता उस्तै छन् । जलवायु परिवर्तनको प्रभाव न्यून गर्ने अभियानमा सहकार्य गर्नुपर्छ’, उनले भने, ‘जलवायु परिवर्तनको समस्या कम गर्न पेरिस संझौतालाई सबैले र विशेषतः विकसित मुलुकहरुले ईमान्दारपूर्वक कार्यान्वयन गर्नुपर्दछ ।’