जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द

जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जलेश्वर – महोत्तरीको जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले एक सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि आजबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जानकारी दिएका हुन् ।

उनले अति आवश्यक कामबाहेक आजदेखि जलेश्वर नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितका लागि बन्द रहने सूचनामा उल्लेख गरेका छन् । साथै विश्वभरि महामारीका रूपमा फैलिएको कोरोनाको उच्च जोखिममा रहेका जलेश्वर नगरवासीलाई सतर्कता अपनाइ नगरपालिकालाई सहयोग गर्न अपिलसमेत गरेका छन् ।