जलहरी प्रकरणबारे फेरि उठ्यो संसद्‍मा प्रश्नः कति सुन हरायो, कति बाँकी छ ?

जलहरी प्रकरणबारे फेरि उठ्यो संसद्‍मा प्रश्नः कति सुन हरायो, कति बाँकी छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको सुनको जलहरी सम्बन्धमा संसदमा फेरि आवाज उठेको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका सांसद देवेन्द्र पौडेलले पशुपति नाथ मन्दिरको गर्भगृहमा रहेको सुनको जलहरी ट्रकमा ल्याएको सामान जसरी जोख्ने काम भएको भन्दै यसबारे सत्यतथ्य सदनमा जनाकारी गराउनुपर्ने माग राखेका हुन् ।

‘पशुपतिको गर्भगृहमा रहेको जलहरीको विषयमा संसदमा निकै चर्चा भयो, आज पनि मिडियामा प्रश्न उठेको छ । भएको के हो ? पशुपति विकास कोष, प्रहरी, सुनचाँदी व्यवसायी, पुरात्त्व र नापतौल विभाग तथा जनप्रतिनिधिले सुन खोजेर तौल्दै हुनुहुन्छ भन्ने सुन्यौं । कति सुन हराएको हो, कति बाँकी छ, के स्थिति हो ? ट्रकमा ल्याएको सामानजस्तो होइन होला । सत्य तथ्य सदनमा जानकारी गराइयोस् ।’, उनले भने ।

कति सुन हराएको हो भन्दै पौडेलले प्रश्न गरे । ‘कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति हो ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । यसको सत्यतथ्य जनाकारी गराउन सदनमार्फत सम्वन्धित निकायको ध्यानाकर्षण गराउँछु ।’, उनले भने ।यसअघि माओवादीका सांसद लेखनाथ दाहालले केपी ओलीको पालमा राखिएको जलहरीबाट सुन हराएको आरोप लगाएपछि एमालेले संसद अवरुद्ध गरेको थियो ।