दसैं घरमा राखियो जमरा

दसैं घरमा राखियो जमरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवरात्रको पहिलो दिन घटस्थापनाको अवसरमा नेपालीहरुको घरघरमा दशैको जमरा राखिएको छ । दशैँको पहिलो दिन घटस्थापनाका अवसरमा घरघरमा जमरा राख्ने गरिन्छ । काठमाण्डुको वसन्तपुरमा रहेको दसैं घरमा पनि जमरा राखिएको छ ।

नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै शनिबार बिहान ११ः ४६ को शुभसाइतमा जमरा राखिएको हो । कोरोनाका कारण यो वर्ष केही समस्या भए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जमरा राखिएको छ ।

बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैंघरमा जमरा रोप्ने गरिन्छ ।

घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ ।