काठमाण्डु – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराज जम्मकट्टेलले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार शपथ ग्रहण गराएका हुन्।
उनी बागमतीकाे चाैथाे मुख्यमन्त्रीकाे रूपमा साेमबार नियुक्त भएका थिए । जम्मकट्टेललाई प्रदेशसभाका ५ दलका ७० सांसदकाे समर्थन छ ।
उनी प्रदेशसभाकाे पहिलाे कार्यकालमा आन्तरिक मामिला तथा कानुन मन्त्री र आर्थिक मामिला तथा याेजना मन्त्री थिए ।




प्रतिक्रिया