जम्मू-कश्मीरस्थित नौशेरामा भएको भिडन्तमा गोर्खाली सैनिक अर्जुनको मृत्यु

जम्मू-कश्मीरस्थित नौशेरामा भएको भिडन्तमा गोर्खाली सैनिक अर्जुनको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारत प्रशासित जम्मु-कश्मीर स्थित नौशेरामा भारत र पाकिस्तानबीच गोली हानाहान हुंदा एक जना सैनिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत गोरखाका २५ वर्षीय नेपाली नागरिक अर्जुन थापामगर रहेका छन्। उनी गोरखाको विकट रिप गाउँका रहेको प्राप्त समाचारमा जनाइएको छ। बुधबार राति जम्मु र कश्मीरको राजोउरी जिल्लाकाे नौशेरामा गोलीबारी भएपछि दुई सैनिकको मृत्यु भएको थियो।

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दलाई उद्धृत गर्दै दैनिक डेकन हेराल्डले नेपाली नागरिक मारिएको पुष्टि गरेको छ। सेना कास्मिरमा खोजी तलासीको अपरेसनमा खटिएका थिए। पाकिस्तानी सेना भारत छिर्ने प्रयासमा रहेका बेला उनीहरूबीच खारी थरेत जंगलमा गोलीबारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतमा आतंकवादी छिर्न थालेको भन्दै खोजीतलासीको अपरेसन सुरू गरिएको थियो।