जम्मू कश्मीरको राजौरी मुठभेडमा ५ सैनिक मारिए

जम्मू कश्मीरको राजौरी मुठभेडमा ५ सैनिक मारिए

फाइल तस्विर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – जम्मुको राजौरीमा अतिवादीसँगको भिडन्तमा पाँच सैनिकको मृत्यु भएको छ । शुक्रबार केन्द्र शासित प्रदेशका गभर्नर मनोज सिन्हाले यी सैनिकहरूलाई श्रद्धाञ्जली दिएका छन्।

राजौरीको कालाकोटमा बुधबारदेखि बिहीबारसम्म चलेको भिडन्तमा लश्कर-ए-तैयबा (एलईटी) का दुई अतिवादी मारिएका छन्। ती मध्ये एक लश्कर-ए-तैयबा कमाण्डर कारी थिए।

सेनाको विज्ञप्तिमा भनिएको छ, “लश्कर-ए-तैयबाका शीर्ष कमाण्डर कारी र उनका एक सहयोगी भिडन्तमा मारिएका छन्। मुठभेड स्थलबाट ठूलो परिमाणमा युद्ध सामग्री बरामद भएको छ । कारीलाई डांगरी घटनाको मुख्य योजनाकार मानिन्छ।”

यस भिडन्तमा पाँच सैनिकको मृत्यु भएको छ। जसमा मङ्गलुरुका निवासी क्याप्टेन एमवी प्रांजल, आगरा, यूपीका निवासी क्याप्टेन शुभम गुप्ता, जम्मू कश्मीरको पुन्च निवासी हवलदार अब्दुल मजीद, नैनीतालका निवासी लान्स नायक सञ्जय बिष्ट र अलिगर निवासी प्याराट्रूपर सचिन रहेका छन्।