एजेन्सी- २४ घन्टाको अवधिमा जम्मु-कश्मिरमा भएका छुट्टा–छुट्टै इनकाउन्टरमा ९ अतिवादी मारिएको भारतीय सेनाले आइतबार जनाएको छ ।
शनिबार ४ अतिवादी मारिएका थिए भने अन्य ५ आइतबार मारिएको भारतीय सेनाले विज्ञप्तिमार्फत जनाएको छ । आइतबारको उक्त अपरेशनमा एक सुरक्षा अधिकारीको मृत्यु भएको र अन्य दुई गम्भीर घाइते भएको सेनाले जनाएको छ ।
“घाइतेको उद्धारमा भारी हिमपात र खराव अवस्थाको भूमीका कारण समस्या परेको थियो,” सेनाले जनाएको छ । अपरेशन अझै चलिरहेको सेनाले जनाएको छ । शनिबार बिहान जम्मु-कश्मिरको कुलगाम जिल्लामा भएको इनकाउन्टरमा ४ मुजाहिद्दिन अतिवादी मारिएका थिए ।
मारिएका अतिवादीहरुमा कुलगामका वासिन्दा शाहिद साद्दिक, अनानटाङका वासिन्दा सादामा भनिने मोहमद मलिक र वाकर फारुक रहेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अन्य अतिवादीको अझै पहिचान खुल्न सकेको छैन ।




प्रतिक्रिया