‘जम्मुकश्मीर मामलामा मोदी सरकार असफल’


काठमाडौँ – ने.क.पा. (मसाल)ले जम्मुकश्मीर सम्बन्धी नीतिमा मोदी सरकार असफल भएको बताएको छ । महामन्त्री मोहनविक्रम सिंहले मङगलबार एक विज्ञप्ति जारी गर्दै भारत सरकारले केन्द्रशासित राज्य बनाउन गरेको निर्णयलाई विरोध गरेका छन् ।

‘अहिले भारत सरकारले जम्मु–काश्मीरबारेको निर्णय भारत सरकारको ‘जन्मु–काश्मीर सम्बन्धी नीति’को असफलता पनि हो’ उनले भने, ‘अहिलेको निर्णयले आफ्ना न्यायपूर्ण मागका लागि काश्मीरका जनताको आन्दोलन बढ्दै गएको र त्यसलाई दबाउन भारत सरकार असफल भएको कुरालाई पनि बताउँछ ।’ पछिल्लो निर्णयले पनि जम्मुकाश्मीरका जनताको आफ्नो न्यायपूर्ण आन्दोलनलाई दबाउन नसक्न सिंहद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भारत, पाकिस्तान र संयुक्त राष्ट्रसंघका बीचमा भएको त्रिपक्षीय सम्झौता अनुसार काश्मीरका जनतालाई जनमतसंग्रहद्वारा भारतमा मिल्ने वा पाकिस्तानमा मिल्ने वा स्वतन्त्र हुने आत्मनिर्णयको अधिकार दिनुपर्नेमा त्यो अधिकार नदिएको विज्ञप्तिमा भनिएको छ ।

अहिले भारत सरकारले लिएको निर्णय स्वयम् भारतले काश्मीरलाई जुन विशिष्ट स्थान दिएको थियो त्यसमा पनि विरुद्ध भएको सिंहको दावी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement