काठमाडौं – भारतले अनुच्छेद ३७० लाई निष्प्रभावी बनाएर जम्मू कश्मीरको विशेष राज्यको दर्ता खोसेर लद्दाखलाई अलग राज्य बनाएपछि नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत–जम्मू कश्मीर मामिलाबारे आफ्नो प्रतिक्रिया दिएका छन् ।
सोमबार एक पत्रकार सम्मेलन आयोजना गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले जम्मू कश्मीर मामिलालाई नेपालले नजिकबाट नियालिरहेको बताए । जम्मू कश्मीर क्षेत्रमा रहेका नेपालीको सुरक्षाबारे दिल्लीस्थित नेपाली दूताबासले काम गरिरहेको र उनीहरु सुरक्षीत रहेको पनि उनले जानकारी दिए ।
नेपाल सार्कको अध्यक्षसमेत रहेको भन्दै मन्त्री ज्ञवालीले नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको बताए । क्षेत्रीय शान्ति खलबलिन नदिन आग्रह गर्दै उनले भने, ‘भारतले पनि यसलाई गम्भीरतापूवर्क लिन्छ भन्ने विश्वास छ ।’




प्रतिक्रिया