बारा – कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाराले १२ बर्षपछि पक्राउ गरेको छ ।
जिल्ला अदालत बाराले २०६४ साल बैशाख ५ गते कर्तव्य ज्यान मुद्धामा कसुर ठहर गरी ६ महिना कैदको फैसला गरेपछि फरार सुवर्णपुर गाँउपालिका– १ बस्ने शम्भु सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।
फरार रहेका सहनीलाई २०७६ साल भदौ १३ गते लुकीछिपी बसेको अवस्थामा गाँउबाटै प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सहनीलाई कैद भुक्तानीका लागि आइतबार वीरगञ्ज करागार पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




प्रतिक्रिया