काठमाण्डु – जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले बिहीबार बिहान छापा मारेको छ । प्रहरी कार्यालयबाट कम्प्युटरसहित विभिन्न सामग्री नियन्त्रणमा लिएको छ।
पत्रिकाका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ परेकै भोलिपल्ट बिहीबार बिहान प्रहरी टोली कार्यालय पुगेको हो।
प्रहरीले कार्यालयबाट कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिएर लगेको जनाइएको छ।
कार्यालयभित्र प्रवेश गरेका प्रहरीले कागजपत्र तथा ल्यापटप, कम्प्युटर र मोबाइलसहितका विभिन्न उपकरण संकलन गरी लगेको छ ।
यसअघि बुधबार साँझ पत्रकार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो। श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसूरमा थुनुवा पुर्जी जारी भएको हो।
दीपिका सिंहको जाहेरीका आधारमा नेपाल सरकार वादी रहने गरी श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसूर मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया