असइविरुद्ध विप्लव जनअदालतको पक्राउ पूर्जी,सुराकी नरोके इन्काउन्टर गर्ने चेतावनी

असइविरुद्ध विप्लव जनअदालतको पक्राउ पूर्जी,सुराकी नरोके इन्काउन्टर गर्ने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाइरहेका बेला कैलालीमा विप्लवको पार्टीले प्रहरीविरुद्ध नै ’पक्राउ पुर्जी’ जारी गरेको छ।

’जनअदालत’ को नाम दिएर नेकपाले राष्ट्रिय अनुसन्धान विभागका असई भैरव कुँवरविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । कुँवरलाई तोकिएको समयमा उपस्थित नभएमा कारबाही गर्ने विप्लव समूहले जारी गरेको पक्राउ पूर्जीसँगै टाँसिएको चेतावनी पत्रमा उल्लेख छ ।

कुँवरको घर आसपास सार्वजनिक स्थानहरू टाँसिएको उक्त पुर्जीमा लेखिएको छ– ‘कैलालीको वर्दगोरीया गाउँपालिका–१ साझा भन्ने ठाउँमा बस्ने नवराज कुँवरका छोरा भैरव कुँवरलाई २५ दिनभित्र जनअदालतमा उपस्थित हुन पक्राउ पुर्जी जारी गरिएको हो।’

अनुसन्धान विभागमा असई पदमा कार्यरत कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ। ‘बाटोका म्यादबाहेक २५ दिनभित्र आफैं वा पक्राउ पुर्जी बमोजिम पक्राउ परी यस अदालतमा हाजिर हुन आउनु होला’, उक्त पुर्जीमा उल्लेख छ।