काठमाण्डु – नेपाली कांग्रेस सम्बद्ध नेपाल आदिवासी जनजाति संघका केन्द्रीय सभापति इन्द्रबहादुर गुरुङले राजीनामा दिएका छन् ।
आदिवासी जनजाति समुदायलाई सहयोग नगरेको र अघिल्लो सरकारले खारेज गरेको चाडपर्वका विदालाई अहिले कांग्रेस नेतृत्वको सरकारले मौन समर्थन गरेको भन्दै उनले राजीनामा दिएका हुन् ।
‘आफ्नो विवेक र ल्याकतले भ्याएसम्म सक्रिय रहँदै आएको सन्दर्भमा पार्टीबाट आदिवासी जनजाति समुदायको पक्षमा खासै चासो र सहयोग प्राप्त हुन सकेको अवस्था छैन । त्यसैले नैतिक रुपमा नेपाल आदिवासी जनजाति संघको सभापति पदमा रही रहनु उचित ठानेको ठानिनँ,’ उनले पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखेको पत्रमा उल्लेख छ ।
साथै उनले २०७४ फागुन २७ गते संशोधित विधान चार वर्ष पुग्न लाग्दा पनि आजसम्म पार्टीको केन्द्रीय कार्यसमितिले स्वीकृत नगर्दा आदिवासी जनजाति संघको महाधिवेशन गर्न नसकेको गुनासो पनि गरेका छन् ।




प्रतिक्रिया